काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहसहित नयाँ सरकारलाई शुभकामना दिएको हो। दूतावासले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै आपसी समृद्धि तथा क्षेत्रीय स्थिरता प्रवर्द्धनका लागि सहकार्य गर्न अमेरिका उत्सुक रहेको उल्लेख गरेको छ।
यसअघि प्रधानमन्त्री शाहलाई भारत र पाकिस्तानका समकक्षीहरूले पनि बधाई सन्देश पठाइसकेका छन्, जसलाई नेपालको नयाँ नेतृत्वप्रति अन्तर्राष्ट्रिय समुदायको चासो र समर्थनका रूपमा हेरिएको छ।






