नेपाल व्यापार संघको महासचिवमा ज्योति कुमार श्रेष्ठ सर्वसम्मत चयन

काठमाडौँ – नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट महासचिव पदमा ज्योति कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ। राष्ट्रिय सभा गृहमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै श्रेष्ठलाई महासचिवको महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको हो।

संघको संगठनात्मक सुदृढीकरण, प्रभावकारी समन्वय र कार्यसम्पादनमा महासचिवको भूमिका महत्वपूर्ण रहने भएकाले श्रेष्ठको चयनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उहाँले संघभित्र देखिएका प्रशासनिक सुधार, सूचना प्रवाह सुदृढीकरण तथा सदस्यहरूसँग प्रत्यक्ष समन्वय बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

व्यवसायीहरूको हक–हित संरक्षण, संघलाई थप सक्रिय र परिणाममुखी बनाउने तथा संस्थागत विकासलाई प्राथमिकता दिने लक्ष्यसहित श्रेष्ठले आगामी कार्यकालमा काम गर्ने अपेक्षा गरिएको छ। नयाँ नेतृत्वसँगै संघलाई अझ व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउने विश्वास गरिएको छ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जयकृष्ण शर्मा, प्रथम उपाध्यक्षमा पार्वती पौडेल भट्ट, द्वितीय उपाध्यक्षमा श्यामसुन्दर रुङ्गाटा तथा महिला उपाध्यक्षमा लक्ष्मी कुमारी बराल र पदमा बराल चयन भएका छन्। काठमाडौँ उपत्यकाबाट उपाध्यक्षमा प्रकाश श्रेष्ठ चयन हुँदा सातै प्रदेशबाट दिपक सापकोटा, चिफबहादुर थापा, निरञ्जन सेढाईं, किशोरकुमार गौतम, नरबहादुर गौतम, चक्रप्रसाद पौडेल र कमल शर्मा उपाध्यक्षमा चयन भएका छन्।  कोषाध्यक्षमा देवराज कार्की तथा उपमहासचिवमा दिपकप्रसाद सापकोटा र जगन्नाथ खनाल चयन भएका छन्।

सचिव पदमा महिला सचिवका रूपमा शुसिला चौलागाई र शर्मिला लुईँटेल चयन भएका छन् भने अन्य सचिवहरूमा उद्धवप्रसाद गौतम, प्रितमराज पाठक, प्रेम गौतम, रामचन्द्र भुषाल, राजु गौतम, प्रविन बगाले र गणेश सिवाकोटी रहेका छन्। सहसचिवमा रामकुमार श्रेष्ठ, कमलराज अधिकारी, केदार पोखरेल, शारदा रेग्मी सुवेदी, विष्णुप्रसाद शर्मा, अनिल खतिवडा र विवेक खत्री तथा सहकोषाध्यक्षमा आङ छिरिङ शेर्पा र चण्डी कुमारी ढकाल चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा सुवास कडेल, आनन्द न्यौपाने, नविन भट्टराई, महेश मित्र पण्डित, हरिशरण पराजुली, प्रदीप कार्की, प्रवेश भट्ट, सुमन राई, सोमबहादुर श्रेष्ठ, सुजता बुढाथोकी खड्का, सुवास परियार, एकराज विष्ट, लवदेव भट्ट, पुनम खत्री बञ्जारा, जनम पाण्डे, सुरेन्द्र श्रेष्ठ, उर्मिला पराजुली, मीना पौडेल, डोलेश्वर सिवाकोटी, रत्नबहादुर देवकोटा, सुरेश तिवारी, अम्बिका हुमागाईँ, प्रकाश श्रेष्ठ, बलभद्र ढकाल, शान्तवीर व्याञ्जु, हरिलाल कँडेल, विकास अग्रवाल, दुर्गाप्रसाद न्यौपाने, शिवकुमार घिमिरे, अनुप अग्रवाल, सीताराम चुहान, सुजनकुमार श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, रेशमकुमार श्रेष्ठ, अच्युत सापकोटा, भुवन थापा, समिर डोटेल, सारदा प्रसाद पराजुली, बोलकुमारी भण्डारी, तारादेवी श्रेष्ठ, पासाङ डोल्मा शेर्पा, दिपककुमार कार्की, दिनेशचन्द्र भट्टराई, सुशिल प्रधान, इन्द्रकुमार मैनाली, सृजना गुरुङ, मनिषकुमार भेटवाल, रमेश भट्टराई, सुरेश खतिवडा, बाबुराम सापकोटा, शम्भुप्रसाद आचार्य, शम्भुकुमार रौनियार, डिल्लीबहादुर विष्ट, विक्रम खड्का, नरेश थापा, प्रवेश भट्ट, उद्धव पन्त, रिता काफ्ले, बासना श्रेष्ठ र रमेश गौतम चयन भएका छन्। नवगठित कार्यसमितिले संघलाई थप सशक्त, व्यवस्थित र व्यवसायीमैत्री बनाउँदै व्यापारिक हकहित संरक्षण र संस्थागत विकासका क्षेत्रमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्