अमेरिकी डलर ऐतिहासिक उच्चमा, अन्य मुद्राको भाउ पनि उकालो

काठमाडौँनेपाल राष्ट्र बैंक ले निर्धारण गरेको आजको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ। यसअघि हिजो, अस्ति र शनिबार डलरको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा रहेको थियो।

डलरको मूल्य बढेसँगै अन्य प्रमुख विदेशी मुद्राहरू पनि महँगा भएका छन्। आज युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा तोकिएको छ। त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ५० पैसा र बिक्रीदर २०१ रुपैयाँ ३० पैसा पुगेको छ भने स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ २५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०१ पैसा कायम गरिएको छ।

डलरको मूल्यमा आएको निरन्तर वृद्धिले नेपाली अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्ने देखिन्छ। डलर महँगिँदा वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्समा सकारात्मक प्रभाव पर्ने भए पनि आयातित वस्तु तथा सेवामा हुने भुक्तानी खर्च बढ्ने भएकाले व्यापार घाटा थप चुलिन सक्ने चिन्ता व्यक्त गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्