नेप्सेमा आज सामान्य सुधार, कारोबार रकममा गिरावट

काठमाडौँ – आज नेप्से परिसूचक ५.०१ अङ्कले बढ्दै २९३६.६ विन्दुमा पुगेको छ। दिनभर उतारचढावमा रहेको बजार अन्तिम समयमा सुधारिँदै हरियो संकेतमा बन्द भएको हो। दिउँसो २ बजेर ३४ मिनेटतिर २९११ अङ्कसम्म झरेको बजार त्यसपछि क्रमशः उकालो लाग्दै बन्द भएको देखिएको छ।

आज उत्पादन समूह सबैभन्दा बढी करिब १.५ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह झन्डै १ प्रतिशतले घटेको छ। कारोबारमा आएका २४२ कम्पनीमध्ये १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने ५४ कम्पनीको घटेको र ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

चार वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ। यद्यपि समग्र बजार बढेपनि सिन्धु विकास बैंक को शेयर मूल्य झन्डै साढे ३ प्रतिशतले घटेको छ। नेप्से परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकममा भने गिरावट आएको छ। हिजो २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज १५ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्