नेप्से १३ अङ्कले उकालो, कारोबार रकम भने घट्यो

काठमाडौँ – हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सुधारिएको छ। नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर २ हजार ८१२ दशमलव ३४ विन्दुमा पुगेको हो। आज बैंक, विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन र म्युचल फन्ड बाहेक अन्य समूहका शेयरमा गिरावट देखिएको छ। कारोबारमा संलग्न १३२ वटा कम्पनीको शेयर मूल्य बढ्दा ११३ वटाको घटेको छ भने १७ वटा कम्पनीको शेयर स्थिर रहेको छ।

आज रिलाइन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंकहोटल फरेस्ट इन का शेयर १० प्रतिशतले बढेका छन्। यद्यपि बजार बढेको दिन एनआईसी एशिया ग्रोथ फन्ड–टू को शेयर सबैभन्दा धेरै ४ दशमलव ७४ प्रतिशतले घटेको छ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो १४ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएकोमा आज ३४० वटा कम्पनीका ३ करोड ४८ लाख कित्ता शेयर १२ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्