शेयर बजार लगातार दोस्रो दिन पनि ओरालो

काठमाडौँ – शेयर बजार लगातार दोस्रो दिन ओरालो लागेको छ। आज नेप्से परिसूचक २६.०५ अङ्कले घट्दै २६७२.३९ विन्दुमा झरेको छ।

व्यापार समूहबाहेक सबै समूहको शेयर घट्दा फाइनान्स समूह सबैभन्दा बढी २.२९ प्रतिशतले ओरालो लागेको छ। कारोबार भएका २६० कम्पनीमध्ये २१२ वटाको शेयर मूल्य घटेको छ भने ४२ वटाको बढेको छ।

मायाखोला हाइड्रोपावरको शेयर ५.४० प्रतिशतले घट्दा खानीखोला हाइड्रोपावरको शेयर झन्डै १० प्रतिशतले बढेको छ।

आज ३२४ कम्पनीका २ करोड ६७ लाख कित्ता शेयर १० अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा कम हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्