ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने एमालेको निर्णय

काठमाडौं – नेकपा एमालेले आगामी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि बढाउने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिनुभयो।

बैठकपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सचिव बस्नेतले सचिवालय बैठकले सर्वसम्मत रूपमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको उल्लेख गर्नुभएको छ।

उहाँले नेकपा एमालेले आगामी निर्वाचनमा पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेको दाबी गर्दै त्यसलाई सुनिश्चित गर्न पार्टी दृढतापूर्वक अघि बढ्ने बताउनुभयो।
“नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी प्रतिबद्ध भएर लाग्नेछ,” बस्नेतले लेख्नुभएको छ।

साथै उहाँले जस्तोसुकै परिस्थिति आए पनि लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न एमाले दृढ संकल्पसहित अघि बढ्ने स्पष्ट पार्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्