पर्यटन विकास आयोजना इकाईका इन्जिनियरका लागि सार्वजनिक खरिद तथा E-GP तालिम सम्पन्न

काठमाडौँ – बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंको आयोजनामा आयोजना गरिएको सार्वजनिक खरिद तथा E-GP सम्बन्धी क्षमता विकास तालिम आज समापन भएको छ। पर्यटन विकास आयोजना इकाईमा कार्यरत इन्जिनियरहरूका लागि विभिन्न विधामा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिम २०८२ साल पौष १० देखि पौष १२ गतेसम्म होटल हेभन हिल, नगरकोटमा सञ्चालन गरिएको थियो।

समापन कार्यक्रममा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले कर्मचारीहरूले जिम्मेवारीपूर्वक राम्रो काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले अझै प्रभावकारी रूपमा अघि बढ्न आग्रह गर्दै कर्मचारीहरूको हौसला र क्षमता विकासमा प्रदेश सरकार सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री श्रेष्ठले कुनै क्षेत्रबाट गुनासो नआउने गरी काम गर्न र सेवाग्राहीसँग सद्भावपूर्ण व्यवहार गर्न सुझाव दिँदै राम्रो सेवा प्रवाहले कार्यालयको प्रतिष्ठा अझ उचो हुने बताउनुभयो।

कार्यक्रममा क्षमता विकास तालिममा सहभागी इन्जिनियर तथा कर्मचारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। समापन समारोहमा पर्यटन विकास आयोजना इकाईका कार्यालय प्रमुख उत्तम चापागाईँले मन्त्री श्रेष्ठले कर्मचारीहरूले गरेको कामको उच्च मूल्यांकन गरिदिएकोमा धन्यवाद व्यक्त गर्नुभयो। साथै उहाँले तालिमबाट आर्जित ज्ञान र सीपलाई कार्यान्वयन गर्दै भोलिदेखि नै जिम्मेवारीका साथ काममा जुट्न सहभागी कर्मचारीहरूलाई आग्रह गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्