खोटाङमा पहिलोपटक एक युवकमा कोरोना संक्रमण, संक्रमित ३५९ पुगे

काठमाडौँ – खोटाङमा पहिलोपटक एक युवकमा कोरोना संक्रमण देखिएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा ती युवकमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित युवक हलेसी तुवाचुङ नगरपालिका–७ का २० वर्षीया युवकमा कोरोना पोजेटिभ देखिएको मेयर इवन राईले बताए । युवकलाई मंगलबार बिहान विराटनगरको कोशी अस्पताल लैजाने नगरपालिकाको तयारी छ ।

युवक गत वैशाख १२ गते काठमाडौंबाट खोटाङ पुगेका थिए । नगरपालिकाले काठमाडौंमा अलपत्र परेकाहरूलाई उद्दार गर्दा सोही टोलीमा उनी पनि खोटाङ पुगेका थिए । मेयर राईका अनुसार उनी काठमाडौंमा फाइनान्समा पैसा उठाउने काम गर्थे । उनीबारे थप विवरण लिने काम भइरहेको छ ।

काठमाडौंबाट हलेसी पुगेर उनी होम क्वारेन्टाइनमा बसेका थिए । उनको पिसिआर परीक्षणका लागि गत वैशाख २ गते स्वाब धरान पठाइएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या ३ सय ५९ पुगेको छ । सोमबारै बाँकेका ४७ जनामा संक्रमण देखिएको हो । अहिलेसम्म कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् । सेताेपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्