काठमाडौँ –इन्टरनेशनल ब्यूटीसियन एकेडेमीले आफ्नो १० औँ वार्षिकोत्सव आज इटहरी शाखाबाट भव्य रूपमा मनाउँदैछ। आज भन्दा १० बर्ष पहिला विराटनगरबाट सानो प्रयासका रूपमा सुरु गरिएको यो संस्थाले ११ वर्षे यात्रामा प्रवेश गर्दै देशभर नौवटा शाखा विस्तार गर्न सफल भएको छ। संस्थापक निरम बस्नेतका अनुसार, हातमा एउटा बच्चा र कोखमा अर्को बच्चा बोकेर सुरु गरिएको यो यात्राले महिलाको आत्मनिर्भरता, सीप विकास र व्यावसायिक भविष्य निर्माणमा ठुलो योगदान पुर्याएको छ। वार्षिकोत्सवका अवसरमा संस्थाले आफ्नो विगतका उपलब्धिहरूलाई स्मरण गर्दै आगामी दिनमा अझ नयाँ कार्यक्रम, गुणस्तरीय तालिम र महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ। समारोहमा विद्यार्थी, प्रशिक्षक, पूर्वविद्यार्थी र विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिले माहोललाई अझ उत्साहपूर्ण बनाएको छ।
नौवटा शाखासहित देशव्यापी उपस्थिति
इन्टरनेशनल ब्यूटीसियन एकेडेमी हालसम्म विराटनगर, इटहरी, दमक, धरान, पथरी, गाईघाट, इनरुवा, विराटचोक र काठमाडौंको सुकेधारामा गरी नौवटा शाखासहित फैलिसकेको छ। यसले हजारौं युवायुवतीलाई सीप सिक्ने, आत्मनिर्भर बन्ने र स्वरोजगार रोजगारी सिर्जना गर्ने अवसर प्रदान गर्दै आएको छ।
संघर्षदेखि सफलता सम्म
निरम बस्नेतले हातमा एउटा बच्चा र कोखमा अर्को बच्चा बोकेर सुरु गरेको यो यात्रा सुरुवाती दिनमा सजिलो थिएन। संसाधनको कमी, सामाजिक टिप्पणी र कठिनाइहरूका बाबजुद उनले हार मानिनन्। बरु निरन्तर संघर्ष र समर्पणका कारण आज उनले ब्युटिसियन तालिमलाई व्यवसायिक मात्र नभई महिला सशक्तीकरणको अभियानमा रूपान्तरण गर्न सफल भएकी छन्।

सीप विकासका तालिम
एकेडेमीमा विभिन्न अवधि अनुसारका सीपमूलक तालिम सञ्चालन गरिन्छ।
-
Basic Beautician तालिम : २–३ महिना
-
Advance वा Diploma तालिम : ४–६ महिना
-
Full Beautician Course : ९ महिना
-
Abroad Course : छोटो अवधि (विदेश जान चाहनेका लागि)
यसका अतिरिक्त Nail Technician, Self Makeup, Haircutting, Full Makeup, Special Mehendi, Micro-blading, Eyelashes Extension, Russian Juro, Keratin Treatment लगायतका तालिम सञ्चालन भइरहेका छन्। साथै पार्लर अपडेट कोर्स अन्तर्गत कानको लोति बनाउने, मुसा/कोठी हटाउने, BB Glow, Hydra Facial जस्ता विशेष सीपसमेत सिकाइन्छ।
सुविधा र अवसर
विद्यार्थीलाई सहज बनाउन एकेडेमीले धेरै सुविधा उपलब्ध गराएको छ—
-
उत्कृष्ट विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी
-
टाढाबाट आउनेका लागि होस्टेल सुविधा
-
समूहमा आउनेलाई छुट
-
आवश्यक सम्पूर्ण सामग्री निःशुल्क
-
पढ्न–लेखन नजान्नेका लागि विशेष कक्षा
-
निःशुल्क ड्रेस
-
नयाँ वा सञ्चालनमा रहेका पार्लरलाई परामर्श तथा अपडेट कोर्स
-
स्किन टेस्ट गर्ने सुविधा
बस्नेतको सन्देश
संस्थापक बस्नेतले ११ वर्षे यात्राको प्रसङ्गमा भनिन् – “आज इन्टरनेशनल ब्यूटीसियन एकेडेमी नौवटा शाखासहित देशभर फैलिनु मेरो व्यक्तिगत प्रयास मात्र होइन, मेरो साथमा निरन्तर साथ दिँदै आएका कर्मचारी, प्रशिक्षक तथा सम्पूर्ण टिमको संयुक्त समर्पण र मिहिनेतकै परिणाम हो। अबको लक्ष्य अझ धेरै दिदीबहिनीलाई सीपमार्फत आत्मनिर्भर बनाउन निरन्तर प्रयास गर्ने हुनेछ।”
महिला सशक्तीकरणतर्फ ठूलो योगदान
एकेडेमीमार्फत तालिम लिएका सयौं महिलाले आफ्नै ब्युटीपार्लर सञ्चालन गरेका छन् भने हजारौं युवायुवतीले रोजगारी पाएका छन्। यसले महिलाको जीवनशैलीमा मात्र नभई समाजको सोचाइमा पनि सकारात्मक परिवर्तन ल्याएको छ। पहिले सानो सीपको रूपमा लिइने ब्युटिसियन तालिम आज करिअर र व्यवसायको बलियो विकल्प बनेको छ।
प्रेरणादायी यात्रा
निरम बस्नेतको संघर्षपूर्ण यात्रा महिलाहरूका लागि प्रेरणाको मार्गचित्र हो। उनले देखाएको दृढ संकल्पले दुईवटा सन्देश दिन्छ-
१) महिला पनि मेहनत र संघर्षका माध्यमबाट जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सक्छन्।
२) सीप नै जीवन परिवर्तन गर्ने शक्ति हो।
११ वर्षको यात्रामा इन्टरनेशनल ब्यूटीसियन एकेडेमीले महिलाको संघर्ष, सीप र आत्मनिर्भरतालाई जोड्दै नेपालमा सौन्दर्यकला तालिमलाई व्यावसायिक र उज्यालो भविष्यसँग जोड्ने अग्रणी भूमिका निर्वाह गरेको छ।







