कारागारबाट भागेकालाई असोज २० भित्र फर्कन आग्रह

काठमाडौँ  –  कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई आगामी असोज २० गतेभित्र फर्कन आग्रह गरेको छ ।

विभागले गृह मन्त्रालय, सुरक्षा निकाय र सरोकारवालाको सहयोगमा फरार कैदीबन्दीलाई फिर्ता ल्याउने काम भइरहेको जानकारी दिएको छ । यसका लागि ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ समेत गठन भएको विभागका निर्देशक तथा प्रवक्ता चोमेन्द्र न्यौपाने ले जानकारी दिनुभयो ।

निर्धारित समयसीमा भित्र कारागार नफर्कने कैदीबन्दीलाई प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी विभागले दिएको छ । साथै, फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कानुनअनुसार कसुरदार ठहरिने बताइएको छ ।

विभागले सबै सरोकारवालालाई फरार बन्दीसम्बन्धी सूचना उपलब्ध गराउन आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्