अमेरिकाबाट डीपोर्ट भएका थप १९ नेपाली काठमाडौँ आइपुगे

File Photo

काठमाडौँ — अमेरिकाले देश निकाला गरेका थप १९ जना नेपाली हिजो साँझ काठमाडौँ आइपुगेका छन्। डीपोर्ट भएर फर्किएका मध्ये दुई जना महिला र १७ जना पुरुष रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई थप सोधपुछका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए।

यसअघि अमेरिकाबाट विभिन्न चरणमा २१५ नेपाली डीपोर्ट भइसकेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्