नवीनता र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा मिड भ्याली कलेज लोकप्रिय

भक्तपुर- नवीनता, रचनात्मकता र अर्थपूर्ण सहकार्यमार्फत अघि बढिरहेको मिड भ्याली कलेज विद्यार्थी तथा अभिभावकबीच दिनानुदिन लोकप्रिय बन्दै गएको छ । २१औँ शताब्दीका गतिशील चुनौतीहरूलाई सामना गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना गरिएको यस कलेजले शैक्षिक, सामाजिक र व्यक्तिगत रूपमा विद्यार्थीलाई सशक्त बनाउन निरन्तर सक्रिय भूमिका खेल्दै आएको छ ।

विज्ञान र व्यवस्थापनमा अध्यापन गराउँदै आएको कलेजले शिक्षण सिकाइमा विज्ञान तथा प्रविधिको अधिकतम प्रयोग गर्दै गुणस्तरीय शिक्षासँगै सिक्ने जोश जगाउने प्लेटफर्म उपलब्ध गराएको छ । समूह परियोजना, नवप्रवर्तन, नेतृत्व गतिविधि, आलोचनात्मक सोच र फिल्ड भिजिटजस्ता विद्यार्थी–केन्द्रित अभ्यासमार्फत विद्यार्थीलाई व्यावहारिक सिकाइमा सहभागी गराइन्छ । साथै, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको सुविधा पनि उपलब्ध छ ।

कलेजले औपचारिक शिक्षासँगै अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनीमा सहभागिता, सामाजिक उत्तरदायित्व कार्यक्रम, वृद्धाश्रम र बालआश्रम भ्रमण, र विभिन्न क्लब तथा काउन्सिलमार्फत विद्यार्थीको प्रतिभा र रचनात्मकतालाई प्रस्फुटन गराउँदै आएको छ । यसले विद्यार्थीलाई जिम्मेवार नागरिकका रूपमा विकास गर्न योगदान पुर्‍याइरहेको छ ।

अनुभवी र समर्पित संकाय सदस्य तथा उच्चस्तरीय शैक्षिक पूर्वाधारका कारण मिड भ्याली कलेज विद्यार्थीको पहिलो रोजाइ बन्दै गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्