काठमाडौँ — आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुनको मूल्य तोलाको १ लाख ९९ हजार रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। चाँदी आज तोलाको २ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो तोलाको २ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।






