कञ्चनपुर – अखिल (समाजवादी) कञ्चनपुर जिल्ला समितिको संयोजकको जिम्मेवारी पाएको भन्दै नयाँ संयोजकले विद्यार्थी हकहितको सवालमा अग्रसर रहने प्रतिबद्धता जनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुर जिल्ला समितिको विश्वासका साथ यो जिम्मेवारी दिइएको जनाउँदै उहाँले विश्वासप्रति आभार व्यक्त गर्नुभएको छ।
उहाँले शिक्षाको नाममा कञ्चनपुरमा भइरहेको दलाली र अन्यायपूर्ण अभ्यासविरुद्ध अखिल (समाजवादी) सदैव अग्रपङ्क्तिमा रहने प्रतिवद्धता व्यक्त गर्दै भन्नुभयो, “विद्यार्थीका अधिकार र हित रक्षा गर्न म पूर्ण रूपमा जिम्मेवारी निर्वाह गर्नेछु।”
लेकम गाउँपालिका–६, मेल्लाउँ घर भएका उहाँ हाल कञ्चनपुरमै स्नातक तहमा अध्ययनरत हुनुहुन्छ। विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएको उहाँले जिल्ला संयोजकको जिम्मेवारीसँगै विद्यार्थी आन्दोलनलाई अझ सशक्त बनाउन योगदान गर्ने विश्वास व्यक्त गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्ला नेतृत्वले उहाँप्रति विश्वास गर्दै संयोजक पद तोकेको हो। अखिल (समाजवादी) बिप्लप नेतृत्वको नेकपा अन्तर्गतको विद्यार्थी संंगठन हो ।






