झलनाथ खनालको स्वीकारोक्ति : एमालेमा गरिएको विद्रोह गलत थियो

File Photo

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमालेमा गरिएको विद्रोहलाई ‘गलत निर्णय’ भएको टिप्पणी गरेका छन्।

इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्तामा खनालले भने, “जतिबेला पार्टी विभाजन गरियो, त्यो गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु।” उनले आफूमा पछिल्लो समय त्यसप्रति गहिरो अनुभूति भएको पनि बताए।

खनालका अनुसार एमाले नेपाली कम्युनिष्ट आन्दोलनको बलियो संस्था थियो र त्यस्तो संस्थालाई छाड्नु ‘भूल’ भएको हो। उनले आगामी दिनमा वाम शक्तिहरू एक हुने सम्भावना रहेको समेत औंल्याए। “गलत गरिएछ भन्ने स्वीकार गर्ने दिन आउनेछ,” खनालले विश्वास व्यक्त गरे।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा प्रवेश स्वाभाविक भएको उनको टिप्पणी थियो। “अध्यक्ष हुने इच्छा व्यक्त गर्नु अस्वाभाविक होइन,” उनले भने। खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले सल्लाह–सम्पर्क गर्न छाडेको भन्दै गुनासो गरे। माओवादी केन्द्रसँग एकता तथा वामदेव गौतमलाई पार्टीमा ल्याउने प्रस्तावबारे पनि आफूलाई औपचारिक जानकारी नदिइएको उनले बताए। उनको भनाइमा, माओवादी वा एमालेसँग एकताको कुनै ठोस आधार हालसम्म बनेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्