काठमाडौँ – जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा जारी टी–२० त्रिदेशीय शृङ्खलाको उपाधिका लागि आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन्।
फाइनल खेल नेपाली समयअनुसार बेलुकी पौन ५ बजे सुरू हुनेछ।
शृङ्खलामा अहिलेसम्म अपराजित रहँदै उत्कृष्ट प्रदर्शन गरिरहेको न्युजिल्यान्ड उपाधि आफ्नो पोल्टामा पार्ने योजनामा छ।
यसअघि समूह चरणमा न्युजिल्यान्डसँग पराजित भएको दक्षिण अफ्रिका भने त्यसको बदला लिँदै उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ।
प्रतिस्पर्धात्मक लयमा रहेका दुवै टोलीबीचको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ।






