सेयर बजार लगातार ८ दिन उकालो, हाइड्रोपावर समूहको दबदबा कायम

काठमाडौं – विगत आठ कारोबार दिनदेखि नेप्से परिसूचक निरन्तर रूपमा उकालो लागिरहेको छ। यद्यपि पछिल्ला दुई दिन भने यसको वृद्धिदर एकल अंकमा सीमित बनेको छ। बुधबार ५.१७ अंकले बढेको सूचक बिहीबार ३.७६ अंकले वृद्धि भई २,९८२ अंकमा कायम भएको हो। कारोबार अवधिभर उतारचढाव देखिएको बजार दिउँसो ११:३८ बजे २,९९० अंकसम्म पुगेको भए पनि १:२३ बजे घटेर २,९६४ अंकमा झरेको थियो। कारोबार रकममा पनि सामान्य गिरावट देखिएको छ। अघिल्लो दिन १९ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार १८ अर्ब ४९ करोड रुपैयाँमा झरेको हो।

यस दिन १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२७ कम्पनीको घटेको देखियो। हाइड्रोपावर समूहले सबैभन्दा उच्च प्रदर्शन गर्दै २ प्रतिशतले वृद्धि भयो र कुल कारोबारमध्ये ४५ प्रतिशत हिस्सा ओगट्दै ८ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार गर्‍यो। अन्य बढ्ने समूहहरूमा विकास बैंक (१.०६%), होटल तथा पर्यटन (०.४६%), लगानी (०.२५%) र व्यापार (०.२८%) रहेका छन्। त्यस्तै बैंकिङ, फाइनान्स, बीमा, माइक्रोफाइनान्सलगायतका समूहमा सामान्य गिरावट देखिएको छ।

चार कम्पनी—ग्रिन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वेतगंगा हाइड्रोपावर—को मूल्य १० प्रतिशतले वृद्धि भयो भने हिमालयन हाइड्रोपावर र मायाखोला क्रमशः ८.४१% र ७.४% ले बढे। उन्नति सहकार्य लघुवित्त र समृद्धि फाइनान्सको मूल्यमा भने गिरावट आएको छ। आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, ङादी ग्रुप, ग्रिन भेन्चर, लुम्बिनी विकास बैंक र हिमालयन रिइन्स्योरेन्स रहेका छन्। बजार पूँजीकरण ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्