शुक्लाफाँटा नगरपालिकामा घरमै बसेर कर तिर्न सकिने डिजिटल सेवा सुरु

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाले नगरवासी करदाताहरूलाई लक्षित गर्दै कर प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यसहित घरमै बसेर अनलाइनमार्फत कर तिर्न सकिने सेवा सुरु गरेको छ। अब नगरवासीले सम्पत्ति कर, मालपोत भूमिकर, बहाल कर, व्यवसाय करजस्ता विवरणहरू Local Level Revenue App, QR कोड वा https://sutrarevenue.fcgo.gov.np वेबसाइटमार्फत सहज रूपमा बुझाउन र तिर्न सक्नेछन्।

यो सेवा मार्फत करदाताले अब कार्यालयमा लाइन बस्नु पर्ने झन्झटबाट मुक्त हुनेछन्। मोबाइल फोन वा कम्प्युटर प्रयोग गरेर कर विवरणहरू अद्यावधिक गर्नुका साथै सोझै तिर्न सक्ने व्यवस्था गरिएको छ। यस सुविधामा लगत्तै नरहेका सेवाग्राहीहरूका लागि पनि आफ्नै युजर आईडी तयार गरी सहज पहुँच सुनिश्चित गरिएको छ।

नगरपालिकाले सेवा प्रयोग गरेबापत कुनै अतिरिक्त शुल्क नलाग्ने स्पष्ट पारेको छ, जसले गर्दा यो सेवा सबैका लागि पहुँचयोग्य तथा किफायती बन्न पुगेको छ। स्थानीय शासनलाई पारदर्शी, जवाफदेही र प्रविधिमैत्री बनाउन यो सेवा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

उक्त एप Google Play Store बाट डाउनलोड गर्न सकिनेछ। डिजिटल माध्यमको प्रयोगमार्फत कर प्रणालीलाई सहज, सरल र नागरिकमैत्री बनाउने नगरपालिकाको प्रयास सराहनीय छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्