रसुवामा चिनियाँ बाढीले ठूलो क्षति: १८ जना बेपत्ता, भन्सार र हाइड्रोपावर प्रभावित

काठमाडौं – चीनतर्फबाट आएको आकस्मिक बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ । सोमबार राति आएको बाढीमा परेर कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये ९ नेपाली, ८ चिनियाँ नागरिक र ३ जना प्रहरी रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

एक जना प्रहरी भने त्रिशूली नदीको बीच भागमा सुरक्षित रहेको र सम्पर्कमा आएको अधिकारीले बताए । यस्तै, नदीको बीचमा फसेका ९ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाँकी बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको जनाइएको छ ।

बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, भन्सार कार्यालय, र सुख्खा बन्दरगाहमा समेत व्यापक क्षति पुगेको छ । सुख्खा बन्दरगाहमा रहेका ७ वटा विद्युतीय (इभी) गाडी बगाएको छ भने अन्य संरचनाहरूमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ ।

हाल सुरक्षा निकायहरूको टोली प्रभावित क्षेत्रमा परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ । जोखिम अझै कायम रहेकाले स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रभावित क्षेत्रमा क्षतिको थप विवरण संकलन भइरहेको र सम्भावित जोखिमको मूल्याङ्कनसँगै राहत तथा उद्धारको प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्