त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट सफल उद्धार

काठमाडौं- नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाले हेलिकप्टरमार्फत सकुशल उद्धार गरेको छ।

सोमबार राति त्रिशूली बजार नजिकको स्थानमा आकस्मिक बाढी आएपछि ती दुई व्यक्ति सिसौको रुखमा चढेर ज्यान जोगाइरहेका थिए। तीव्र बहावका कारण स्थलमार्गबाट उद्धार असम्भव भएपछि हवाईमार्गमार्फत उद्धारको प्रयास गरिएको थियो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धारका लागि सेनाको एमआई–१७ र एक्वेरल हेलिकप्टर खटाइएको थियो। प्रारम्भिक प्रयासमा हेलिकप्टरले उद्धार गर्न नसके पनि दोस्रो प्रयासमा ठूलो हेलिकप्टर प्रयोग गरेर उनीहरूलाई सकुशल निकालिएको हो।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले त्रिशूली नदीमा जलसतह सतर्कता तह पार गरिसकेको भन्दै नदी आसपासका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्