‘स्टुडेन्ट भिसा’ पुनः सुरु गर्ने अमेरिकाको घोषणा

काठमाडौं – अमेरिकाले एक महिना अगाडि स्थगित गरेको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रक्रिया पुनः सुचारु गर्ने भएको छ । यद्यपि जसका लागि केही शर्त थपिएको छ । प्रमुखरुपमा पढन् जाने विद्यार्थीको सामाजिक सञ्जालको एकाउन्ट भने पब्लिक बनाउन भनेको छ । जसबाट उनीहरुले अमेरिकी नागरिक, सिद्धान्तप्रति आफ्नो देशमा आउने विदेशी विद्यार्थीहरुको सोच विचार र भावना गलत भएमा रोक्ने नीति अमेरिकाले लिएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गत मे महिनामा केही समयका लागि भन्दै राेकिएकाे अन्तर्राष्ट्रिय विद्यार्थीकाे भिसा प्रक्रिया पुनः सुरु गरेको हो । यससँगै अब विद्यार्थी भिसाका लागि सम्बन्धित दूतावासबाट अन्तरवार्ताका लागि समय लिन पाउने भएका छन् । अमेरिकी प्रशासनका अनुसार अमेरिकाकाे भिसा शर्तहरु भने विद्यार्थी भिसा एफ १ लगायत अन्य सबै प्रकारका भिसामा लागू हुनेछन् । जसले सामाजिक सञ्जाललाई गाेप्य राख्छ उसले आफ्ना गतिविधिहरु लुकाउने प्रयाेजनकाे रुपमा लिइने अमेरिकाले भनेकाे छ । ट्रम्प प्रशासनका एक उच्च अधिकारीले भने, ‘अमेरिकी नागरिकले याे अपेक्षा गर्छन् उनीहरुकाे सरकारले उनीहरुकाे देशलाई हरेक तवरले सुरक्षित बनाउने प्रयास गराेस्, जुन ठ्याक्कै ट्रम्प प्रशासनले प्रत्येक दिन गरिरहेकाे छ ।’

ओपन डुअर्सका अनुसार अमेरिकामा २०२३-०२४ मा ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थी थिए । जसमा पहिलो भारतबाट साढे ३ लाख बढी, दोस्रोमा २ लाख ८० हजारसहित चीनबाट छन् भने करिब १७ हजार नेपाली त्यहाँ अध्ययनरत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्