कार्यक्रमपछि कक्षा प्लेगुपदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरूको दन्त परीक्षण गरिएको थियो। परीक्षणको क्रममा केही विद्यार्थीहरूमा प्रारम्भिक समस्या देखिएको र आवश्यक परामर्श तथा उपचारका लागि अभिभावकलाई जानकारी गराइएको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले “स्वास्थ्य नै धन हो भन्ने पुरानो भनाइलाई व्यवहारमा उतार्न यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो । बालबालिकालाई प्रारम्भिक अवस्थादेखि नै मौखिक स्वास्थ्यप्रति सजग बनाउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो। हामी भविष्यमा पनि यस प्रकारका चेतनामूलक तथा व्यावहारिक कार्यक्रमहरू सञ्चालन गर्दै जाने जाने पनि उँहाले बताउनुभयो । बर्षमा ४ पटक विद्यालयमा विशेषज्ञ डा. बोलायर स्वास्थ्य चेकजाच गर्ने तालीका अनुरुप यो कार्यक्रम सम्पन्न गरीएको हो ।
गुरुकुल एकेडेमी तलुलसिपुरका प्रधानाध्यापक श्री मुकुन्द गिरीको अध्यक्षतामा तथा डा. बिपि भुषालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण शिक्षक बाशुदेव योगीले गर्नुभयको थियो। कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकबीच स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि गराएको प्रतिक्रिया आएको छ। गुरुकुल एकेडेमीले आगामी दिनहरूमा पनि नियमित रूपमा स्वास्थ्य सम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।