मालिकार्जुन मावि तेलिगाउँले ६४ औँ वार्षिकोत्सब मनायो, पुर्व प्रधानाध्यापक मिश्र लगायत शिक्षकहरु सम्मानित

तस्विर : लोकदर्पण

दार्चुला – मालिकार्जुन माध्यमिक विद्यालय तेलिगाउँको ६४ औँ वार्षिकोत्सब कार्यक्रम सुरु गरिएको छ । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ तेलिगाउँमा रहेको मालिकार्जुन माध्यमिक विद्यालय तेलिगाउँको ६४ औँ वार्षिकोत्सब कार्यक्रम आजबाट सुरु गरिएको हो ।

वार्षिकोत्सब समारोहमा विद्यालयका प्रधानाध्यापक विजय राज मिश्रले विद्यालयको बार्षिक आयव्यय विवरण प्रस्तुत गरेका थिए ।  प्रधानाध्यापक मिश्रका अनुसार विद्यालयका आर्थिक बर्ष २०८०।०८१ को कुल आय ७९ लाख ४३ हजार ६३७ रुपैया रहेको छ। त्यस्तै कुल व्यय ७६ लाख ६६ हजार ७५८ रुपैया र विद्यालय संघ हाल मौज्दात ८ लाख ८२ हजार ६१५ रुपैया रहेको छ । वार्षिकोत्सव समारोहमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।

बार्षिकोत्सव उद्घाटन समारोहमा विद्यालयका पुर्व प्रधानाध्यापक गजेन्द्र राज मिश्र, सुन्दरसिंह धामी, शिक्षक लिलाधर जोशी र नन्दा जोशीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ भने  कार्यक्रम भोली समापन हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्