बाजुरा ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प, क्षतिको विवरण सङ्कलन हुँदै

काठमाडौँ – बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्पले मानवीय क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलका अनुसार भौतिक क्षतिको विवरण सङ्कलन हुँदै छ । उनले भने–हामी बिहानैदेखि क्षतिको विवरण लिइरहेका छौँ । यस कार्यमा सबै पालिकाका वडाध्यक्षसँग सहयोग मागिएको छ । प्रारम्भिक विवरण अनुसार मानवीय क्षतिको कुनै जानकारी आएको छैन । भौतिक संरचनाका क्षतिबारे विवरण सङ्कलन भइरहेको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिवार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए ।

आसपासका जिल्लाहरूमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्