एनप्याबसन काठमाडाैँको खेलकुद सप्ताह: फुटसलका खेलहरू सम्पन्न, अमर आदर्श स्कुल प्रथम

काठमाडौं – नेशनल प्याबसन काठमाडाैँको  खेलकुद सप्ताह अन्तर्गत फुटसल तर्फका सम्पूर्ण खेलहरू सम्पन्न भएका छन । कमलादीस्थित युनिग्लोब कलेजको फुटसल तर्फका खेल सम्पन्न गरेको खेल सयोजक निराजन आचार्यले जानकारी दिनुभयो ।

नक आउट प्रकृयाबाट भएका खेलमा उपाधी भने अमर आदर्श स्कुलले जितेको छ । यसैगरी दोस्रो बोधी सद भएको छ भने तेस्रो निर्मल ज्योती स्कुल भएको छ । यसैगरी चोथो स्थानमा कान्तिपुर इंग्लिस स्कुल पर्न सफल भएको छ । करिब ४४ विद्यालय सहभागी भएका थिए । 

फाइनलमा अमर आदर्श स्कुल र बोधी सदन भिडेका थिए । जसमा अमर आदर्शका गोविन्द बिकले गरेको एक गोल नै उपाधीको आधार बन्न पुग्यो । त्यसपछि कुनै गोल गर्न सकेनन् । बोधी सदन फाइनलमा गोलरहित रहन पुग्यो ।

यस्तै तेस्रो र चौथोको लागि निर्मल ज्योती र कान्तिपुरबीच खेल भएको थियो । जसमा निर्मल ज्योतीका समर्पण थापाले २ गोल गरे भने सागर मगरले एक गोल गरे । यसैगरी कान्तिपुरका माधव सुवेदीले एक गोल गरेका थिए ।

जसमा उत्कृष्ट गोल भने निर्मल ज्योती स्कुलका सागर मगरले गरेका छन् । उनले ६ गोल गरेका थिए । खेल समापनको अवसरमा विजेता टीमहरुलाई पुरस्कार वितरण गरिने एन प्याब्सन काठमाण्डौ जिल्ला समितिका उपाध्यक्ष प्रेम कुमार भुजेलले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

नेशनल प्याबसन काठमाण्डौको साप्ताहिक खेलकुद अन्तर्गत आज फुटसलको प्रारम्भिक चरणका खेलहरू सम्पन्न

नेशनल प्याब्सन काठमाडौँको खेलकुद सप्ताहको सुभारम्भ, मार्च पासमा तीन विद्यालय उत्कृष्ट

नेशनल प्याब्सन काठमाडौँः खेलकुद सप्ताहको सातौं संस्करण मंसिर २१ गतेबाट सुरू हुने

नेशनल प्याब्सन काठमाडौले यसबर्षको खेलकुद सप्ताह मंसिरमा आयोजना गर्ने

नेशनल प्याब्सन, काठमाडौंको खेलकुद सप्ताहका लागि खेलकुद संयोजक तोकियो

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्