म्याद थपका लागि रास्वपा सभापति लामिछाने कास्की जिल्ला अदालतमा

पोखरा –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालदतमा उपस्थित गराइएको छ ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा रहेका लामिछानेमाथि १३ दिन म्याद थपको माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

२ कात्तिकमा पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमै रहेका बेला बुटवल, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो । लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा लगायत सहकारीमा भएको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्