काठमाडौं – नेशनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा आज खेल खेलकुद सप्ताहको उद्घाटन गरिएको छ । काठमाडाैँको सिफलमा रहेको खेल मैदानमा खेलकुद सप्ताहको उद्घाटन गरिएको हो । नेशनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिका अध्यक्ष अमृत कुमार खड्काको अध्यक्षता तथा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यतामा खेलकुद सप्ताहको सुभारम्भ गरिएको हो ।
आज उद्घाटन शत्रमा मार्चपास गरिएको थियो । एक सय भन्दा बढी विद्यालयको सहभागितामा मार्चपास गरिएको थियो । मार्च पासमा उत्कृष्ट तीन विद्यालयलाइ नगद सहित ट्रफि प्रदान गरिनेछ । जसमा प्रथम बेष्ट ग्रुप भीजन स्कुल, द्वितीय काठमाडाैँ स्कुल अफ सेन्ट्रल तथा तृतीय ग्रीन हिल एकेडेमी भएका छन् । प्रथम, द्वितीय र तृतीयलाई कमशः रु. ५०००/-, ३०००/- र २०००/- नगद पुरस्कार समेत प्रदान गरिनेछ । जुन कार्यक्रम समापनको दिन प्रदान गरिनेछ । आज भएको मार्च पासको संयोजकको जिम्मेवारी उपाध्यक्ष समीर बास्तोलालाई दिइएको थियोे । मार्चपासको व्यवस्थापनमा कुशल भूमिका खेलेको भन्दै अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेम कुमार भुजेलले संयोजक वास्तोलालाई धन्यवाद व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री चौधरीले खेलकुद क्षेत्रमा पछिल्लो समय सरकारले समेत ध्यान दिएको भन्दै हाल जारी एनपीएलको उदाहरण समेत दिएका थिए। उहाँले अब खेलकुद स्वास्थका लागि मात्रै नभई आफ्नो करियरको लागि समेत भएकोले खेलकुद क्षेत्रमा कटिवद्ध भएर लाग्न अनुरोध गर्नुभयो । साथै कार्यक्रम सफलताका साथ सम्पन्न गर्न नेशनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिलाई शुभकामना समेत दिनुभयो ।
सप्ताहव्यापी खेलकुदमा मुख्य गरी ४ वटा विधामा प्रतिस्पर्धा गराइने अतिरिक्त क्रियाकलाप संयोजक तथा नेशनल प्याब्सन काठमाडौका उपाध्यक्ष प्रेम कुमार भुजेलले जानकारी दिनुभयो । कार्यक्रममा फुटसल खेलको संयोजकका रुपमा गोर्कणेश्वर नगर समितिका अध्यक्ष निराजन आचार्य , बास्केटबलका लागि जिल्ला उपाध्यक्ष माधव अधिकारी, कबड्डीका लागि एन प्याब्सन काठमाडौं जिल्लाका पूर्व वरिष्ठ उपाध्यक्ष श्याम योन्जन र तानडोरी खेलका लागि एन प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष नारायणबाबु तिमल्सिनालाइ मन्त्रीले जिम्मेवारी हस्तान्तरण समेत गरेको छ । उहाँहरुलाइ बास्केटबल दिएर जिम्मेवारी दिएको हो ।
फुटसल खेल कमलादीस्थित युनिग्लोब कलेजमा हुनेछ । बास्केटबल कपनको सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुलमा र कबड्डी तथा तानडोरी खेल सिनामङ्गलको भीमसेनगोलास्थित श्री आदर्श माध्यमिक विद्यालयमा सञ्चालन गरिनेछ ।
भव्य र सभ्यरुपले चारवटै खेलहरु सम्पन्न गर्दै यही मंसिर २९ गतेका दिन समापन समारोह सहित खेलकुद सप्ताह समापन तथा पुरस्कार वितरण गरिने अध्यक्ष अमृत कुमार खड्काले जानकारी दिनुभयो ।