मालिकार्जुन गाउँपालिकामा दीर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण

गणेशसिंह धामी,
दार्चुला – मालिकार्जुन गाउँपालिकाले दीर्घरोगिहरुलाई निशुल्क रुपमा औषधि वितरण गर्न थालेको छ ।
कोरोना भाइरसको महामारीका कारण देश लकडाउन हुँदा दीर्घरोगका विरामीहरुले अस्पताल सम्म जान असहज भएका कारण गाउँपालिकाले औषधि वितरण गर्न थालको गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले उपहार खबरलाई जानकारी दिए ।
आइतबार वडा नं. ४ र ८ मा ३० जनालाई निशुल्क औषधि वितरण गरेको थियो भने सोमबार वडा नं. ३ का ४४ जना दीर्घरोगिहरुलाई औषधि वितरण गरिएको अध्यक्ष धामीले जानकारी दिए ।

गाउँपालिकाले प्रत्येक वडा–वडामा गई औषधि वितरण गरिरहेको छ । गाउँपालिका भरिका सबै दिर्घरोगिहरुलाई औषधि वितरण गरिने अध्यक्ष धामीले जानकारी दिए । अध्यक्ष धामी स्वास्थ्यकर्मी सहित वडा–वडामा पुगेर औषधि वितरण गर्न सक्रिय भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्