सुर्नया गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

बैतडी – अपाङ्गता भएका नागरिकको पुनःस्थापना केन्द्र बैतडीले सुर्नया गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको अपाङ्गता भएका नागरिकको पुनःस्थापना केन्द्रका अध्यक्ष अम्बादत्त भट्टले जानकारी दिए ।

केन्द्रले गाउँपालिकालाई २०० बोतल स्यानेटाइजर, एक हजार थान सर्जिकल मास्क, २० थान एन ९५ मास्क, एक थान इन्फ्रारेड थर्मा्मिटर र ७२ वटा साबुन हस्तान्तरण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए ।

केन्द्रले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई केही सजिलो हुने गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्