उपत्यकामा गाडिको चाप बढ्नथालेपछि थप सतर्कता अपनाउन स्थानीय प्रसाशन सक्रिय

काठमाडौं – कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दीको अवधिमा काठमाडौँ उपत्यकाभित्र सवारीको चाप बढ्न थालेपछि स्थानीय प्रशासनले थप सतर्कता अपनाएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रवेश गर्ने नाकामा आवश्यक अन्य सुरक्षा सावधानीसमेत अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायले गाडीको चापलाई व्यवस्थित गर्न र रोगको सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्थालाई थप चुस्त पार्न थालेको हो ।

सोही सिलसिलामा आइतबार मात्रै काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालसहितको टोलीले उपत्यकाको विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्दै गाडीको आवतजावत, हालको सुरक्षा अवस्था र भावी दिनमा अपनाउनुपर्ने योजनाका बारेमा जानकारी लिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी दाहालले आवश्यक सुरक्षा व्यवस्थाका साथै रोगको सङ्क्रमण भित्रिन नदिन उत्तिकै तयारीका साथ लागेको बताए । ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी जाँचको व्यवस्था मिलाएको जनाएको छ ।–NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्