किट अभावका कारण भैरहवामा पीसीआर जाँच रोकियो

बुटवल – रुपन्देहीको भैरहवास्थित प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण कोभिड–१९ को पीसीआर जाँच रोकिएको छ ।

भाइरस जाँचका लागि आवश्यक पर्ने ‘आरएनए एक्स्ट्रयाक्सन’ किट सकिएपछि आइतबारदेखि पीसीआर टेष्ट रोकिएको हो । शनिबार मात्रै रुपन्देहीको कोटहीमाई–१ का कोरोना संक्रमित युवाको दाइ र साथीको परिवारका १० जनाको परीक्षणसँगै किट सकिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।

‘हामीसँग भएको किट सकिएपछि पीसीआर जाँच बन्द भएको हो’ डा. गिरीले भने, ‘माथि जानकारी गराएर छिटो पठाउन भनेका छौं, किट आउन दुईतीन दिन लाग्छ होला ।’ चैत २३ गतेदेखि सञ्चालनमा आएको प्रयोगशालामा हालसम्म ३३४ जनाको कोरोना परीक्षण भएको छ । डा. गिरीकाअनुसार तत्कालका लागि पाँच सय किट माग गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्