कोरोना निको भइ अस्पतालबाट घर फर्किएका युवकमा पुनः कोरोना पोजेटिभ

रौतहट – कोरोना संक्रमण भई १४ दिन अस्पताल बसेर घर फर्किएका एक व्यक्ति पुनः अस्पताल भर्ना भएका छन् । वैशाख ११ गते अस्पतालबाट डिस्चार्ज भई घर गएका ती व्यक्तिमा पुनः कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

रौतहटको इशनाथ नगरपालिकाका ती व्यक्तिमा एक्कासी ज्वरो आएपछि उनको घरमै गई स्वाबको नमुना लिएर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनमा फेरि पनि कोरोना पोजेटिभ देखिएको नारायणी क्षेत्रीय अस्पताल श्रोतले बताएको छ । अहिले उनलाई वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ । स्रोत भन्छ, ‘वहाँको रिपोर्ट गडबढ आएर फेरि यहाँ ल्याइएको हो । -रातोपाटी 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्