विश्वभर कोरोनाः संक्रमितको संख्या ३३ लाख नाघ्यो, २ लाख ३४ हजार भन्दा धेरैको मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको संख्या ३३ लाख नाघेको छ ।

वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार संसारभर यो भाइरसबाट ३३ लाख ८ हजार ५ सय ३ जना संक्रमित भेटिएका छन् । यो भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका हो । अमेरिकामा झण्डै ११ लाखको हाराहारीमा संक्रमित भेटिएका छन् भने युरोपका स्पेन, इटाली, बेलायत, फ्रान्स र जर्मनी कोरोना भाइसरबाट धेरै प्रभावित मुलुक हुन् ।

यो भाइरसको कारण अहिलेसम्म संसारभरी २ लाख ३४ हजार १ सय १२ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा मात्रै ६३ हजार भन्दा बढीको ज्यान गएको छ । १० लाख भन्दा बढी उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्