दुबई र कतारले पठाएका स्वास्थ्य समाग्री चार्टर्ड विमान मार्फत काठमाडौँ आइपुग्यो

काठमाडौँ – दुई खाडी मुलुकले नेपाललाई दिएको मेडिकल सामग्री काठमाडौ आइपुगेको छ । संयुक्त अरब इमिरेट्स र कतारले जहाज चार्टर्ड गरेर नेपाल सरकारलाई मेडिकल सामग्री पठाएका हुन् ।

दुबईबाट इतिहाद एयरवेज र कतारबाट कतार एयरवेजले सहयोग सामग्री बोकेर ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । कतारले ८ हजार १ सय ५६ किलो मेडिकल सामग्री पठाएको छ । यसमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री रहेका छन् । त्यस्तै, दुबईले ६ हजार ८ सय ७१ किलो सामग्री पठाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्