भारतमा नेपाली कामदारहरु अलपत्र, जनप्रतिनिधिहरु विज्ञप्ति निकाल्न मै व्यस्त

काठमाडाैँ – कोरोना भाइरसको माहामारीका कारण विश्वभरी नै लकडाउनले गर्दा मासिनहरु अलपत्र परेका छन् । यसको असर नेपाल र भारतमा पनि परेको छ । भारतमा काम गर्न गएका नेपाली कामदारहरु यो संकटबाट सबै भन्दा बढी प्रभावित भएका छन् ।

नेपाल सरकारले चैत ११ गतेबाट लकडाउन गरेको थियो । भारतबाट जन्मभुमी आएका कतिपय नेपाली मजदुरहरु विगत १ महिना देखि सीमा क्षेत्रमा अलपत्र छन् । काठमाडौँबाट सधै नजरअन्दाज गरिने सुदूरपश्चिम यस पटक पनि अछुतो रहन सकेन । सरकारले सुनौली सीमा क्षेत्रका नेपाली नागरिकहरुलाई नेपाल भित्र्याए पनि महाकाली पारि पिथौरागढ जिल्लाको धारचुला लगायतका ठाउँमा अलपत्र नागरिकहरुलाई नेपाल भित्र्याउने सुरसार नै गरेको छैन । सुरुमा दार्चुलाका स्थानीयतहहरुले क्वारेन्टाइन बनाउन नसकेको भन्दै दार्चुला प्रसाशनसले अलपत्र नागरिकहरुलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । अहिले स्थानीयतहहरु नेपाल भित्र्याउनु पर्छ भन्ने कुरामा सक्रिय देखिएपनि अझै चाहिने जति क्वारेन्टाइनको व्यवस्थापन भने गर्न सकेका छैनन् । यस विषयमा दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले पनि समय समयमा संघीय सरकारको ध्यानाकर्षण गराए पनि कुनै पहल हुन सकेको छैन ।

भारतमा कोरोना संक्रमणको अवस्था दिन प्रतिदिन बढ्दै गइरहेका बेला भारतमा काम गर्ने नेपालीहरु समेत त्रसित बनिरहेका छन् । भारतमा सबैभन्दा बढी सुदूरपश्चिमका नागरिहरु छन् । करिब करिब ४–५ सयजना दार्चुलाका स्थायी बासिन्दाहरुले भारतका विभिन्न शहरहरु दिल्ली, राजिस्थान, मुम्बई, बैंग्लोर, बाट नेपाल सरकारलाई उद्धार गरिदिन अनुरोध गरेका छन् । उनीहरुले भनेका छन् “बस्न निकै गाह्रो भयो, खानेकुरा छैन, बाहिर जान मिल्दैन, खाद्यान्न, तरकारी र पानी समेत किन्न समस्या भएको छ ।” भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ, यसले गर्दा उनीहरु निकै त्रसित छन् ।

दिल्लीबाट उपहार खवरसँग कुरा  गर्दै अनिल खत्रीले भने “कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो छ, दैनिक १५ सयको हाराहारीमा नयाँ केसहरु देखिदैछन् नेपाल सरकारले हामीहरुको चाँडो उद्धार गरेन भने हामी पनि कोरोनाको शिकार हुनुपर्छ ।” उनी निकै भावुक भए, दार्चुलाका जनप्रतिनिधिहरु लयात नेपाल सरकारलाई सहयोग गर्न पनि उनले आग्रह गरे ।

“हामी आफन्तहरुकोमा गएर बस्न बाध्य छौँ, खाना खानको लागि पैसा छैन, सबै बन्द छ, नेपाल सरकारले हामीहरुको उद्धार गरिदिनुपर्यो,” भारतकाे गुडगाउँबाट सोवेन्द्रसिंह खत्रीले भने । चुनावका बेला घर दैलोमा आउने जनप्रतिनिधि अहिले बेखबर भएको कुराले चित्त दुखेको उनीहरुको भनाइ छ । नेपाल सरकारले अलत्र नागरिकहरुको चाँडो भन्दा चाँडो उद्धार गर्न पहल गर्नुपर्ने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्