रौतहटका २ युवामा कोरोना पुष्टि भएपछि २ वटा गाउँ सील गरिए

रौतहट – एकैपटक दुुईजनामा कोरोना भाईरसको संक्रमण भेटिएपछि रौतहटका २ गाउँ सिल गरिएको छ । स्थानीय प्रशासनले रौतहटका बृन्दाबन नगरपालिका वडा ९ स्थित भुुसहागाँउ र देवाही गोनाही नगरपालिका वडा १ करुनिया गाँउलाई सिल गरेको हो । ती दुई गाउँ सिल गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

दुुबै गाँउमा मानिसहरुको आवतजावतमा प्रतिबन्ध लगाइएको छ । स्थानीय प्रशासनको निर्देशन विपरित दुुबै गाँउमा आवत जावत गर्नेलाई कडा कार्यवाही गरिने रौतहटका एसपी रविराज खडकाले चेतावनी दिएका छन् । मंगलवार रौतहटको बृन्दाबन ९ भुुसाहा गाँउका एक २४ वर्षीय युवक र देवाही गोनाही १ का ३५ वर्षीय अर्का युवकको स्वाबथ्रोट जाँचमा कोरोना पोजिटिभ पुष्टि भएको राजधानीस्थित टेकुु अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्