कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरमा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका-१८ जानकी टोलका शंकर दत्त जोशी र सोही ठाउँ वस्ने २१ वर्षीय ईमानुयल राईलाई प्रहरीले पक्राउ गरेको हो।

लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जोशीको घरमा खानतलासी गर्दा फेनारगन ६६ पिस र ऐक्सो जेसिक ६१ पिससहित जोशी र राइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्