सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार, सुरेन्द्र पाललाई आर्थिक मामिला मन्त्रालय, आजै सपथ

काठमाडाैँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  सोडारीले यो तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

जसमा एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् ।

एमालेका वीरबहादुर थापा, हीरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तको भने मन्त्रालय तोकिएको छैन । नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ५ बजे तय गरिएको छ ।

सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्‍यवस्था कृषि तथा सहकारी मन्त्री मन्त्री नियुक्त गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्