पाँचपोखरी थाङपाल गाउँपालिका-२ बरुवा महिखर्कमा झोलुङ्गे पुलको उद्घाटन

काठमाडौँ –  सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवा महिखर्कमा निर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाले एक कार्यक्रमकाबीच वडा नम्बर २ बरुवा महिखर्कमा निर्मित झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको हो ।१०४ मिटर लामो झोलुङ्गे पुल ५८ लाख ९ हजार लागतमा निमार्ण भएको हो ।

गाउँपालिकाका अध्यक्ष लामाका अनुसार पुल बनेसँगै हिमाली भेगको अति विकट रिपार ,माईखर्क लघाङ, बघाङका नागरिकलाई सहज हुने छ । पुल निर्माणसँगै बर्षौ देखि भोग्दै आएको दुःख हटेपछि  स्थानीयपनि खुसी भएका छन् । गाउँपालिकाले अति आवश्यक रहेको स्थानहरुमा झोलुङ्गे पुलको निमार्ण गर्दै आएको अधयक्ष लामाको भनाइ छ ।   हालसम्म ११ वटा पुल निमार्ण भएको र अझै केहि स्थानहरुमा पुल निमार्णको कार्य भइरहेको समेत अध्यक्ष लामाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्