एकता व्यापार संघ नेपालको १९औँ साधारण सभा एवं ७ औँ महाधिवेशन सम्पन्न, आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौँ – एकता व्यापार संघ नेपालको १९औँ साधारण सभा एवं ७ औँ महाधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौँमा एक कार्यक्रमकाबीच उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा एकता व्यापार संघ नेपालको १९औँ साधारण सभा एवं ७ औँ महाधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा संघका महासचिव भक्त पराजुलीले कार्यप्रगतिकों प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष चेङा शेर्पाले आयव्ययको प्रतिवेदन प्रस्तुत गरेका थिए । उपस्थित सबैले तालि बजाएर दुवै प्रतिवेदनलाई पारित गरेका थिए ।
कार्यक्रममा बोल्दै उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री भण्डारीले व्यवसायीहरुको समस्या सामाधानमा सरकार गम्भिर भएको बताए । व्यवसायीहरुले नीति नियममा रहेर व्यवसाय गर्न समेत उनले सुझाव दिए । कार्यक्रममा विशिष्ट अथितिको रुपमा रहेका सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले व्यापारीहरुले भोग्नुपरेका समस्याहरुको चर्चा गरेका थिए । उनले बैंकहरुले दुःख दिएका कारण व्यवसायीहरु झन् मारमा परेको बताएका थिए । कार्यक्रमा बोल्ने बक्ताहरुले व्यापारीका समस्याहरुको उठान गरेका थिए ।

यसैबीच संघले व्यवसायी तेज प्रसाद आचार्यको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा तेज प्रसाद आचार्य, उपाध्यक्षमा सीता सुवेदी, महासचिवमा प्रकाश भण्डारी, सचिवमा जीवन शर्मा र कोषाध्यक्षमा प्रेम बहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा गणेश पौडेल, दीपक आचार्य, शर्मिला कुँवर, चक्रपाणी भट्टराई, संगम श्रेष्ठ, कमल शर्मा, युवराज कोइराला र उद्धव प्रसाद गौतम रहेका छन् ।यसैबीच नयाँ कार्यसमितिले सपथ ग्रहणसमेत गरेको छ ।

कार्यक्रममा बोल्दै नयाँ कार्यसमितिका अध्यक्ष आचार्यले एकता व्यापार संघले सबै व्यापारी व्यवसायीहरुको आवाजलाई बुलन्द पार्ने बताए । उनले संघलाई नयाँ ढंगले र सबैको सरसल्लाहमा अगाडी बढाउने पनि प्रतिबद्धता व्यक्त गरे । आचार्य नेपाल व्यापार संघको प्रदेश उपाध्यक्ष समेत हुन् ।

कार्यक्रममा एकता व्यापार संघका पूर्व अध्यक्ष एवं सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना, काठमाडौँ महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष चिनिकाजी महर्जन, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की, नेपाल व्यापार संघका अध्यक्ष हरि गौतम, विभिन्न सहकारीका प्रतिनिधिहरु र व्यापारी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्