कृषिमा लगानी अहिलेको आवश्यकता, बाध्यता र अवसर हो : डा. मिश्र

काठमाडौँ – कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्रले कृषिमा लगानी अहिलेको आवश्यता, बाध्यता र अवसर भएको बताउनु भएको छ । डा. मिश्रले नेपाल टेलिभिजनसँग अन्तरवार्ता दिदै यस्तो बताएउनु भएको हो । । कृषिमा लगानी नगरेमा खाद्य सुरक्षा समेत जोखिममा पर्ने उहाँको भनाई छ । ‘यदि हामीले कृषिमा लागानी गरेनौ भने हाम्रो खाद्य सुरक्षाको जुन प्राणाली छ, त्यो जोखिममा रहन्छ र आन्तरिक खाद्य सुरक्षालाई हामीले सुदृढ गर्नलाई कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाएर आत्म निर्भरताको नजिक पुग्न पर्छ ।’ उहाँले भन्नुभयो, ‘यदि यो पुगेन भने जुनसुकै बेला पनि राज्यको खाद्य सुरक्षा जोखिममा पर्छ ।’

ग्रामीण क्षेत्रमा रोजगारी बढाउनको लागि पनि कृषिमा लागनीको आवश्यकता रहेको उहाँको तर्क छ । गरीबी न्यूनीकरण र कृषिले चलाएको अर्थतन्त्रलाई विकास गर्नको लागि पनि सरकारले कृषिमा लागनी गर्नुपर्ने उहाँले बताउनु भयो । यस्तै डा. मिश्रले कृषिमा प्रतिफलको अवसर राम्रो भएको बताउनुभयो । ठाउँ अनुकुलको व्यवसाय गर्नुपर्ने उहाँको तर्क छ । नेपालको कृषि अहिले रुपान्तरको चरणमा रहेको पनि सचिव मिश्रले बताउनुभयो ।
सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा कृषि दशक घोषणा गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्