दार्चुलाबाट धनगढीका लागि छुटेको जिप  दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप  दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार बिहान सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप डाेटीको बुडरमा जीप दुर्घटना हुँदा  १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मृतकको पहिचान खुलेको छैन ।  दुर्घटना भएको जीप लेकम– ५ का लवदेब बोहराको हो ।

घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ घर भएका १९ वर्षीय चालक बाशुदेब नाथ, दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ बस्ने ४५ वर्षीय जगत धामी, लेकमकै वडा नम्बर ४ का ३१ वर्षीय हरिश पार्की, उनकी श्रीमती २६ वर्षीया भावना ओड पार्की र उनकै छोरी ३ वर्षीया रितिका पार्की रहेको प्रहरीले जनाएको छ ।  यस्तै डिलाशैनीको वडा नम्बर ६ का १७ वर्षीय अर्जुन लुहार, डिलाशैनी ६ कै २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका ४ की ६० वर्षीया मानमति धामी घाइते रहेका छन् । प्रहरीका अनुसार  घाइतेहरुको  धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्