देशभरका झण्डै २०० स्थानमा सडक र पुल निर्माण निर्माणले गतिलियाे

sf7df8f}F, !$ j}zfvM lgdf{0ffwLg 9n sf7df8f}Fsf] k'tnL ;8sdf 9n lgdf{0f ub}{ sfdbf/ . ns8fpgsf sf/0f ;jf/L;fwg grn]sfn] sfd ug{ ;xh ePsf] 5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं – सरकारले देशभरका झण्डै २०० स्थानमा सडक र पुल निर्माण अघि बढाएको छ । ‘लकडाउन’ को समयमा आवश्यक स्वास्थ्य सावधानी अपनाएर यी सडक निर्माण अघि बढाइएको हो ।

सडक विभागअन्तर्गत डिभिजन सडक कार्यालयले राष्ट्रिय राजमार्गमा सडक र पुल निर्माणसँगै मर्मतको काम अघि बढाएको छ । अहिले निर्माण भइरहेका स्थानबाहेक थप केही स्थानमा अझै निर्माण हुने विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । वर्षा शुरु हुन केही महिना मात्रै बाँकी रहेकाले त्यसअघि नगरि नहुने कामहरु अहिले भइरहेको महानिर्देशक शर्माले बताउनुभयो ।

त्रिभुवन राजपथको हेटौँडा–भैसे–लामीडाँडा सडकखण्ड, कोशी राजमार्गको देउराली–मुढे खण्ड र महेन्द्र राजमार्गको लम्की अत्तरिया खण्डमा निर्माणको काम अघि बढेको हो । महेन्द्र राजमार्गको चुरे हेटौँडा खण्ड आवधिक मर्मतको काम भइरहेको छ ।

पृथ्वी राजमार्ग फिस्लिङ–जोगीमारा खण्ड पटके मर्मत अघि बढेको छ । दमकस्थित डिभिजन सडक कार्यालयले झापामा पुल र सडक निर्माण गरिरहेको छ । जुम्ला डिभिजन कार्यालयले गमगढी सडक स्तरोन्नति गरिरहेको छ ।

कोशी राजमार्गको विराटनगर–इटहरी सडक खण्डमा निर्माण अघि बढेको छ । सडक विभागले राष्ट्रिय राजमार्गसँगै स्थानीय सडकमा निर्माणाधीन पुललाई समेत अघि बढाइरहेको छ । त्रिशूली पुल ठिमुरा निर्माणको काम भइरहेको छ । बूढी खोला पुल निर्माणको काम अहिले अघि बढिरहेको छ । कर्णाली राजमार्ग कालीकोट खण्डमा सडक मर्मत र नवलपरासीमा तुरीया खोला पुल निर्माण अघि बढिरहेको छ ।

डिभिजन सडक कार्यालय दाङले पुलको फुटपाथ निर्माण गरिरहेको छ । सरकारले निर्माणाधीन आयोजनाका काम स्वास्थ्य सावधानी अपनाउँदै अघि बढाइने निर्णय गरेसँगै सम्बन्धित जिल्लाका प्रशासनले सडक निर्माणका सहजीकरण गरिरहेका छन् ।

उपत्यकाका व्यस्त सडकमा सवारी चाप नभएको समयमा काम गर्न थाले पनि निर्माण सामग्री नपाउँदा अहिले ठप्प बनेको छ । यसअघि सामाजिक दूरी कायम गरेर सडक चिह्न लगाउने काम गरेको विभागले मर्मतको काम शुरु गरे पनि धेरै दिन गर्न सकेन । उपत्यका बाहिरका अरु सडकमा भने निर्माण सामग्रीको अभाव नरहेकाले काम भइरहेको छ ।- रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्