ललितपुरको महालक्ष्मी नगरपालिका–८ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

काठमाडाैं – ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।
शनिवार एक औपचारिक कार्यक्रमकाबीच नगर प्रमुख हरि गोविन्द श्रेष्ठको अध्यक्षता तथा खानेपानी मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा वडा कार्यालयको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री राईले महालक्ष्मीमा खानेपानीको समस्या हुन नदिने र जसका लागि बजेट व्यवस्थापन गर्ने जिम्मेवारी आफ्नो भएको बताएका थिए । उनले महालक्ष्मीमा खानेपानीको समस्या पहिचान गरि छिट्टै खानेपानीको सहज पहुँच पुर्‍याउन आश्वासन समेत दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले नगरपालिकाको प्रशासनिक भवन भन्दा पनि वडा कार्यालयको आवश्यकता बढी रहेकोले वडा कार्यालय निर्माणको प्रक्रियालाई प्राथमिकतामा राखेको बताए । यस्तै उहाँले प्रविधिलाई समेत प्राथमिकतामा राखेको बताए । अव राजश्व तिर्न नगरपालिका, वडा कार्यालय धाउनु नपर्ने र आफ्नै मोबाइलबाटै तिर्न सकिने सुविधा राखेको समेत बताए ।

मूल्य अधिबृद्धि कर बाहेक ९७ लाखमा निर्माण गरिएको उक्त भवन एच टि सी कन्ट्रक्सन प्रालिले निर्माण गरेको हो । महालक्ष्मी नगरपालिकाको प्रशासनिक भवन समेत निर्माणको क्रममा रहेको छ भने वडा नम्बर १, २, ८ र १० को कार्यालय निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै वडा नम्बर २,५,६,७ र ९ को भवन निर्माणको चरणमा रहेको छ । वडा नम्बर ४ को कार्यालय भने निर्माण हुन बाँकि छ जसका लागि जग्गा खोजीको प्रक्रियामा रहेको छ ।

वडा कार्यालय भवनको समुद्घाट कार्यक्रममा संघीय सांसद प्रेम महर्जन, उप प्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, सम्पूर्ण वडाका वडा अध्यक्षहरु, नगरपालिकाका कर्मचारी लगायत अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्