पोलको भाडा बुझाउन टेलिकमको आग्रह, नबुझाएमा सबै तार हटाउने चेतावनी

काठमाडौं, जेठ ९ । नेपाल टेलिकमको पोल प्रयोग गरी सेवा प्रदान गर्ने केवल टिभी अपरेटर र इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरूको तार हटाउने भएको छ । जेठ महिनाको अन्तिमसम्म भाडा नबुझाएमा सबै तार हटाउने टेलिकमले सूचना जारी गरेको छ ।

टिभी र इन्टरनेट कम्पनीहरूले पोल प्रयोग गर्न तुरुन्त सम्झौता गरी अनिवार्य रूपमा आर्थिक वर्ष २०८०–८१ सम्मको पोल भाडा बापतको रकम मिति २०८१ ज्येष्ठ मसान्तभित्र बुझाउन सूचनामा उल्लेख गरेको छ ।

सम्झौता तथा भाडा भुक्तानी नगरी पोल प्रयोग गर्न सेवा प्रदायकहरूको केबलहरू यस कम्पनीले २०८१ असार १ गतेदेखि कुनै पनि समयमा टेलिकमको पोलबाट हटाउन सक्ने र सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवा प्रदायक स्वयं नै जिम्मेवार हुने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्