नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिद्वारा प्रिन्सिपलहरुलाई तालिम

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) काठमाडौँ जिल्ला समितिको आयोजना प्रिन्सिपलहरुलाई तालिम दिएको छ । दुई सत्रमा सम्पन्न गर्ने गरी एक दिने तालिमको आयोजना गरिएको नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिका अध्यक्ष अमृत कुमार खड्काले जानकारी दिनुभयो ।

अहिले समसामयिक विद्यालय शिक्षाको परिवेश र विद्यालय संचालनमा देखा परेका विभिन्न समस्या र चुनौतीहरु र सामाधानका लागि विद्यालय संचालक वा प्रिन्सिपलले खेल्नुपर्ने भुमिका र नेतृत्व सम्बन्धि विशेष जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।

कपनमा रहेको एपेक्स लाईफ स्कुलको हलमा सञ्चालन भएको तालिममा प्रमुख प्रशिक्षकको रुपमा काठमाडौँ विश्वविद्यालयका सहायक प्राध्यापक डा. बासुप्रसाद सुवेदी रहनुभएको छ ।

करिब १०० भन्दा बढी विद्यालयका प्रिन्सिपलहरु सहभागी कार्यक्रम उपलब्धिमूलक हुने विश्वास लिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्