नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित ४ जनाको रिपोर्ट नेगेटिभ, डिस्चार्जको तयारी

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत पाँचजना मध्ये चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको रिपोर्ट तेश्रो पटक पनि नेगेटिभ आएकाले डिस्चार्ज हुने भएका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेश्रो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा रहेको जामे मस्जिदमा बसिरहेका ३ जना भारतीय नागरिकमा गत चैत २९ गते कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखी उपचार भईरहेको छ भने एक÷ एक जना रौतहट सर्लाही जिल्लाका कोरोना संक्रमितको उपचार भईरहेको छ ।

वीरगञ्जमा फेला परेका ३ भारतीय नागरिक र रौतहटका १ जना गरी चार जनाको तेश्रो पटक गरिएको पीसीआर परीक्षणको तेश्रो रिपोर्ट नेगेटिभ आएको मौखिक जानकारी आईसकेको तर रिर्पोटको आधिकारिक पत्र आईनसकेकाले उनीहरुलाई हाल अस्पतालमा नै राखेर उपचार गरी रहेको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. उपाध्यायले बताए ।

“रिर्पोटको आधिकारिक पत्र आएपछि नेपाली नागरिकलाई उनको घर पठाउछौं तर भारतीय नागरिकलाई भने के गर्ने भन्ने विषयमा पर्साका प्रमुख जिल्ला अधिकारीसँग, सुरक्षा अधिकारीसँग छलफल भईरहेको छ”, उनले भने ।

तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्बावको नमूना संकलन गरी तीन दिनअघि हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो र शुक्रबार रिपोर्ट नेगेटिभ आएको जानकारी प्रयोगशालाले अस्पताललाई दिएको बताईएको छ । चारजना संक्रमितको तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि सर्लाहीका एकजना संक्रमितलाई भने छुट्टै राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ ।

भारत सरकारले लक डाउनलाई कडा पारेकाले भारतीयलाई घर फर्काउन नसकिने भएकाले जुन मस्जिदबाट उनीहरुलाई ल्याईएको हो त्यही लगेर भारतीय नागरिकलाई छाडिने र रौतहटका एक जनालाई भने परिवारको जिम्मा लगाईने उपचारमा संलग्न चिकित्सक निरज कुमार सिंहले जानकारी दिए । – गाेरखापत्रअनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्