कैलालीमा आज साँझदेखि भारतीय सीमा नाका बन्द

धनगढी – भारतमा भइरहेकाे लाेकसभा निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्द हुने भएका छन् ।

भारतकाे उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा हुने निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सीमा नाका मतदान कार्य नसकिएसम्म बन्द रहने छ। नेपाल र भारतमा चुनाव हुँदा ७२ घण्टा अघिदेखि नै सीमा नाका बन्द गर्ने गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्