सरकारको नीति तथा कार्यक्रम जेठ १ गते आउने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

आजको बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआईजीद्वय उमेश जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णयसमेत गरेको छ । त्यसैगरी खेलकुद मन्त्रालयको प्रस्तावमा क्रिकेट, कराते र तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका ४२ खेलाडीलाई पुरस्कार वापतको रकम स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्